भारत–चीनको विवाद शान्तिपूर्ण तरिकाले हल गर्नुपर्छः नेपाल

267
  •  
  •  
  •  

काठमाडौं । भारत र चीनबीच लदाखको गलवान उपत्यका क्षेत्रमा भएको विवादमा नेपालले शान्तिपूर्ण माध्यमले समस्या समाधानको आशा व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार प्रेस विज्ञप्तिमार्फत् नेपाल सँधै क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिएको भन्दै द्विपक्षीय असमझदारी हट्ने विश्वास व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आफ्ना दुवै छिमेकीले द्विपक्षीय असमझदारी द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति र स्थायित्वको हितमा शान्तिपूर्ण माध्यमले समाधान गर्नेमा विश्वस्त छ ।’

भारत र चीनबीच गलवान उपत्यकामा गत सोमबार झडप भएको थियो । त्यस क्रममा भारतका तर्फमा २० सैनिकको मृत्यु भएको थियो ।

दुई देशबीच हिंसात्मक झडपपछि युद्धको खतरा बढ्दै गएको छ । दुवै देशले सिमा क्षेत्रमा सैन्य उपस्थिति बढाएका छन् ।


  •  
  •  
  •