सिमा क्षेत्रमा थप सैनिक नपठाउने भारत–चीनबीच सहमति

92
  •  
  •  
  •  

एजेन्सी । भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने विषयमा सहमति भएको छ । सीमा विवादले दुई देशबीच तनाव बढिरहेको बेला कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई देशबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति भएको हो ।

अंग्रेजी पत्रिका द हिन्दूका अनुसार वार्तापछि निकालिएको संयुक्त विज्ञप्तिमा सीमामा थप सैनिक नपठाउनेसहित अहिलेको अवस्थामा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ ।

दुवै देशले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति गरेका छन् । अहिले नै सैनिकलाई पछि हटाउने सहमति भने नबनेको द हिन्दूले जनाएको छ । यस्तै जतिसक्दो छिटो कोर कमाण्डर स्तरको सातौं चरणको बैठक वार्ता गर्ने पनि सहमति भएको छ ।


  •  
  •  
  •