बाढीपहिरोबाट बिहारमा ज्यान गुमाउनेको संख्या २५३ पुग्यो

277
  •  
  •  
  •  

badhi

नयाँ दिल्ली, ५ भदौ (एजेन्सी) : भारतको पूर्वी राज्य बिहारमा बाढी पहिरोबाट ज्यान गुमाउनेहरुको संख्या २५३ पुगेको छ ।

बाढीको कारण विहार आसपासका क्षेत्रहरु पनि थप डुबानमा परेका छन् । भारतीय अधिकारीहरुकाअनुसार बिहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीबाट प्रभावित भएका छन् । त्यस्तै, सात लाख हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको छ भने २० हजार झुपडी बगेका छन् ।

विहारका प्रमुख नदीहरु कोशी, महानन्दा, बागमती र गङ्गामा पानीको सतह बढेका कारण बाढीले ठूलो रुप लिएको अधिकारीहरुले बताएका छन् ।


  •  
  •  
  •