खबरदार ! भारतभित्रै आन्दोलनको वातावरण नबनोस्

271
  •  
  •  
  •  

RB Khadkaनेपाल एउटा स्वतन्त्र देश हो । भारत सरकारले एक सातादेखि नाकाबन्दी गरेपछि देश गम्भीर संकटमा छ । तर, उत्तरी छिमेकी चीन जहिले पनि नेपाललाई सहयोग गर्न चाहन्छ । उसले चाह्यो भने धेरै गर्न सक्छ । तर, के उसले आफूले चाहेको सहयोग नेपालमा गर्न सक्छ वा पाउँछ ? यो प्रश्न भने गम्भीर छ ।

विगतदेखि भन्दै आएका कुरा हो भारत र चीनसँग समदूरीको सम्बन्ध राख्नुपर्छ । सैद्धान्तिक रूपमा यो कुरा सही हो । के त्यो व्यवहार सम्भव छ ? हामी भारतसँग सन् १९५० लगायत विभिन्न सन्धी सम्झौताले बाँधिएका छौं । नेपालका राजनीतिज्ञहरुले ती असमान सन्धीलाई पुनरावलोकन गर्ने पहल गरेनन्, साहस गरेनन् । जसका कारण हामी बेलाबेला दक्षिण छिमेकीको अनावश्यक दबावमा पर्दै आएका छौं । यतिबेला उनीहरुलाई राम्रो बोध भएको हुनुपर्छ, आवश्यकताभन्दा बढी झुक्नुको परिणाम सुखद हुँदैन ।

नेपाल र भारतको सम्बन्ध तथा सन्धी संझौतामाथी धेरै अध्ययन गर्नु जरूरी छ । नेपाल र भारतको सम्बन्धलाई मजबुत बनाउने सम्बन्धमा भारतमा रहेका लाखौँ प्रवासी नेपालीको ध्यान केन्द्रित छ । भारतका गल्ली-गल्ली तथा चोकहरूमा बस्ने लाखों नेपालीले भारतले लगाएको नाकाबंदीको बिषयमा भारतीय जनतासँग निरन्तर बहस, छलफल र भेटघाट लगायतका कार्यक्रमहरू गरिरहेका छन् । नेपाली र भातीय जनताबीच कसरी सम्बन्ध महबुत हुन सक्ने भन्ने विषयमा भारतीय जनता र नेपाली जनताबीच धेरै सकारात्मक छलफल चलिरहेका छन् ।

भारतमा रहेका लाखौँ प्रवासी नेपालीमा राष्ट्रिय स्वाधीनता नै नेपालको पहिलो आवश्यकता हो भन्नेमा एकमत छन् ।
भारतमा ७ सालदेखी अहिलेसम्म बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरूलाई नेपाल भारतको साना ठूला विवाद तथा बेला-बेलाको नाकाबन्दीले चिन्तित बनाउने गर्छ । भारतीय जनता नेपालमा शान्ति संमृद्धि चाहन्छन् । तर, भारतीय शासक वर्ग भने नेपालमा अशान्ति, खैलाबैला चाहन्छ, उनीहरूको यो शासकीय स्वार्थ हो ।

सम्पूर्ण भारतमा रहेका प्रवासी नेपालीहरू नेपाल सरकार र भारत सरकारबीच कुटनीतिक रूपमा छलफल होस् र राणाकालदेखीका सन्धी सम्झौताको पुनःमूल्यांकन गरियोस भन्ने हो । नेपाल सरकारले तत्काल प्रतिनिधी मण्डल भारतमा पठाएर भारतीय सरकारसँग तुरून्त समस्याको समाधानको बाटो खोज्नु पर्छ । यसक्रममा यदी भारत सरकारले नेपाललाई हेप्ने, हप्काउने, दवाउने आफ्नो विस्तारवादी नीति अपनाउने काम गरे भारतमा बस्ने प्रवासी नेपालीहरूले भारतीय शासन वर्गको विरोधमा भारतीय भूमीमा नै आन्दोलन गर्नेछन् र नेपाल र भारतको सम्बन्ध मजबुत नभऐसम्म आन्दोलन जारी रहनेछ ।

भारतले नेपाली जनताको आन्तरिक समस्यामा हस्तक्षेप नगरोस् । नेपालीको आफ्नो जनमतमा नै नेपाली जनता खुसी र सुखी छन् । शान्ति र संविधान नै नेपाली जनताको साझा एजेण्डा हो ।

नेपाली जनता र भारतीय जनताको एकता जिन्दावाद !!

(लेखक खड्का अखिल भारत नेपाली एकता मञ्च भारतका केन्द्रीय सदस्य हुन् ।)


  •  
  •  
  •