विश्वका सबैभन्दा प्रदूषित १० शहरमध्ये भारतका ९ वटा

80
  •  
  •  
  •  


एजेन्सी । विश्वका सबैभन्दा प्रदूषित १० शहरमध्ये भारतका ९ वटा सहर परेका छन् । वायु गुणस्तर मापक आईक्युएयरका अनुसार सन् २०२० को वर्षभरिको औसत प्रदूषणको आधारमा उक्त तथ्यांक निकालिएको हो।
जसअनुसार विश्वका सबैभन्दा प्रदूषित एक सय सहरमा भारतका ४६ ओटा सहर छन्। त्यस्तै चीनका ४२ ओटा सहर यसमा परेका छन् भने पाकिस्तानका ६ ओटा, बंगलादेशका चारओटा, इन्डोनेसियाको एउटा र थाइल्याण्डको एउटा सहर परेका छन्।
चीनको पश्चिमी प्रान्त सिन्चियाङको होटान सबैभन्दा प्रदूषित सहर बनेको छ । पीएम२।५ को आधारमा गरिएको मापन अनुसार विश्वका सबैभन्दा बढी प्रदूषित १०० सहरमा पीएम२।५ को मान ५० भन्दा धेरै छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो प्रदूषण बसोबासका लागि अस्वस्थकर हो। डब्ल्यूएचओका अनुसार पीएम२.५ को मान १० भन्दा कम हुनुलाई राम्रो मानिन्छ। १२ सम्म पुग्नुलाई ठिकै मानिन्छ भने ३५ सम्म पुग्नुलाई त्यति धेरै हानिकारक मानिँदैन।
ल्यान्सेट जर्नलका अनुसार सन् २०१९ मा भारतमा १६ लाख ७० हजार मानिसको मृत्यु प्रदूषणको कारण उत्पन्न भएको समस्याले भएको थियो।


  •  
  •  
  •