भारतमा कोरोना संक्रमणको दर घट्दो

114
  •  
  •  
  •  


एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत शुक्रबार केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ३ लाख ४३ हजारमा नयाँ कोरोना संक्रमित भेटिएकोमा शनिबार ३ लाख २६ हजार संक्रमित फेला परे ।
केही समयअघि ४ लाखबाट उकालो लागेको कोरोना संक्रमितहरको ग्राफ आइतबारसम्म ३ लाखको हाराहारीमा आइपुगेको हो ।
कोरोना भाइरसको इपिसेन्टर मानिएको भारतमा कमी आएसँगै नेपालमा पनि घट्दै जाने अपेक्षा गर्न सकिन्छ ,
आइतबार भने गएको २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित भेटिएका छन् भने तीन लाख ६२ हजार संक्रमणमुक्त भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।

भारतको दिल्लीमा लकडाउन फेरि बढाइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन थप एक साता बढाउने जानकारी दिएका हुन्।दिल्लीमा जारी लकडाउन भोलि सकिँदै थियो। मुख्यमन्त्री केजरीवालका अनुसार मे २४ सम्म लकडाउन लम्ब्याइएको हो। लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको उनको भनाइ छ। विस्तारै संक्रमण दर कम हुँदै गएको केजरीवालले बताएका छन्। मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई चिठीसमेत लेखेका छन्।


  •  
  •  
  •