भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार नाघ्यो

53
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३६ हजार नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ३ सय २१ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट ३५ हजार ७ सय ४३ जनाको मृत्यु भएको छ भने १० लाख ५७ हजार ११ जना उपचारपछि निको भएका छन् ।

भारतमा बिहीबारसम्ममा १ करोड ८८ लाख ३२ हजार ९७० जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


  •  
  •  
  •