भारतमा कोभिड–१९ः गएको २४ घण्टामा पाँच सय बढीको मृत्यु

49
  •  
  •  
  •  

काठमाडौं । भारतमा गएको २४ घण्टामा पाँच सय भन्दा बढीको मृत्यु भएको छ। वल्डओमिटरका अनुसार भारतमा संक्रमणको कारण गएको २४ घण्टामा पाँच सय ६ जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पुगेको छ।

त्यहाँ मंगलबार एकै दिन १८ हजार दुई सय ५६ जनामा संक्रमण देखिएको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या पाँच लाख ८५ हजार सात सय ९२ पुगेको छ। यो बुधबार बिहान साढे ९ बजेसम्मको तथ्यांक हो।

विश्वभर गएको २४ घण्टामा संक्रमणको कारण पाँच हजार ५८ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर गरेर पाँच लाख १३ हजार नौ सय २५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने एक करोड पाँच लाख ८६ हजार तीन सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।


  •  
  •  
  •