भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ५४ हजार नाघ्यो, ११ हजार ९ सय ३ जनाको मृत्यु

295
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ । भारतमा कोरोना संक्रमितमध्ये १ लाख ८६ हजार ९ सय ३५ जना उपचारपछि निको भएका छन् ।

भारतमा पहिलो चोटि एकै दिन २,००० जनाभन्दा बढीको मृत्यु भएको छ। गएको २४ घण्टामा भारतमा २,००३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा छ। अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण देखिएको छ।

अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ। प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ। महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्। त्यहाँ १,१३,००० भन्दा बढी मानिसमा कोभिड–१९ पुष्टि भएको छ।


  •  
  •  
  •