भारत सर्वाधिक कोरोना संक्रमित सूचीको चौथो स्थानमा

755
  •  
  •  
  •  

काठमाडौं । भारत सर्वाधिक कोरोना संक्रमित सूचीको चौथो स्थानमा रहेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना भाइरस संक्रमित संख्या २ लाख ९७ हजार ५ सय ३५ पुगेको छ ।

यस्तै कोरोनाका कारण भारतमा ८ हजार ४ सय ९८ जनाको मत्यु भइसकेको छ ।

बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढेको थियो भने ३ सय ९३ को ज्यान गएको थियो । भारतमा १ लाख ४७ हजार १ सय ९५ जना उपचारपछि निको भएका छन् ।

हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटली छन् ।


  •  
  •  
  •