साउदीमा कोरोना संक्रमणबाट तीन नेपालीको मृत्यु, ६ सय ७४ जना संक्रमित

59
  •  
  •  
  •  

काठमाडौं । साउदीमा कोरोना सङ्क्रमणबाट तीन जना नेपालीको मृत्यु भएको छ । जेद्दा क्षेत्रमा रहेका ३ नेपाली संक्रमितको मृत्यु भएको हो ।

सङ्क्रमितमध्ये ३३ जना निको भएका र तीन जनाको ज्यान गएको साउदीको जेद्दामा रहेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साउदी सरकारले यसअघि दिएको जानकारी अनुसार साउदीको जेद्दा र जजान लगायतका ठाउँमा गरी १ सय ४८ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको छ । साथै साउदीको सबै क्षेत्रमा गरी ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएका पनि दूतावासले जनाएको छ ।

साउदीमा कोरोना सङ्क्रमण तिब्र रुपमा फैलिइरहेको छ । साउदीमा अहिलेसम्म ५२ हजार १६ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये २३ हजार ६६६ जना निको भएका छन् भने २८ हजार ४८ जनाको अस्पतालमा उपचार भइरहको छ । ३ सय २ जनाको ज्यान गएको छ ।


  •  
  •  
  •