भारतमा गणतन्त्र दिवस मनाइदै

146
  •  
  •  
  •  

काठमाडौं १२ माघ (ओएनएस) : भारतमा आज गणतन्त्र दिवस मनाइदै छ । गणतन्त्र दिवसको अमेरिकी राष्ट्रपति बाराक ओबाले उद्घाटन गर्नेछन् । आज आयोजना गरिएको गणतन्त्र दिवसको समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्न ओबामा भारत आएका हुन् । ओबामाको भ्रमणलाई ध्यानमा राखी भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

इतिहासमै सबैभन्दा उच्च सुरक्षा व्यवस्था गर्न हजारौं सुरक्षा बल तैनाथ गरिएको छ भने १५ हजार सीसीटिभीले निगरानी राख्नेछ । सातपत्रे सुरक्षा घेराका लागि ५० हजार सुरक्षाकर्मी खटाइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

ओबामाको सुरक्षाका लागि अमेरिकाबाटै ५ सय गोप्य सुरक्षाकर्मी भारत आइपुगेका छन् । गणतन्त्र समारोहस्थल नयाँ दिल्लीलाई उडान निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा गस्ती बढाइनुका साथै ठूल्ठूला भवनमा ‘स्नाइपर’ हतियारयुक्त विशेष दस्ता तैनाथ गरिएको छ ।

तीनदिने भ्रमणका लागि आउनु भएका ओबामा र अमेरिकी प्रतिनिधिमन्डलका लागि दिल्लीको मौर्य सेराटन होटलका ४ सय ३८ कोठा पूरै ‘बुक’ गरिएको छ । ओबामा चढ्ने कार अमेरिकाबाटै झिकाइएको छ भने ओबामा रहने र हिँड्ने ४ सय किलोमिटर क्षेत्रमा हवाई उडानमा रोक लगाइएको छ ।

अमेरिकाबाट ल्याइएका दुई दर्जन बढी विशेष तालिमप्राप्त कुकुर पनि भ्रमण अवधिभर भारतमै रहनेछन् ।


  •  
  •  
  •