भारतको सुझाव- ‘सहमति पहिल्याउनुस्’

91
  •  
  •  
  •  

काठमाडौं ७ माघ ।
संविधान जारी गर्ने पूर्वनिर्धारित तालिकाअगाडि नेपालमा उत्पन्न राजनीतिक अस्थिरताबारे प्रतिक्रिया जनाउँदै भारतले जारी शान्ति प्रक्रिया अन्तिम चरणमा आइपुगेको अवस्थामा नेपाली नेताहरूले एकताबद्ध भई काम गर्ने अपेक्षा राखेको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार साँझ जारी विज्ञप्तिमा राजनीतिक दलहरूबीच विगतमा भएका सम्झौता र समझदारीका आधारमा मात्रै संविधान लेखनमा गणितीय प्रक्रियामा जानु उपयुक्त हुने संकेत गरिएको छ । ‘विगतका सहमति र समझदारीलाई सम्मान गर्दै तथा संविधानसभाको निर्वाचनमा प्राप्त जनादेशलाई शिरोधार्य गर्दै संविधान लेखनको काम अघि बढ्नेछ भन्ने हाम्रो विश्वास छ,’ विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि गत शुक्रबारमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालका राजनीतिक दलहरूले विगतमा प्रतिबद्धता गरेअनुसार जनतालाई समयमै संविधान दिन सक्नुपर्छ, यो राजनीतिक दलको प्रमुख कर्तव्य हो’ भन्दै आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •