भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न राजदूतावासको आग्रह

60
  •  
  •  
  •  

काठमाडौं । भारतस्थित नेपाल राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई बसोबास भएकै स्थानमा सुरक्षित बस्न अपिल गरेको छ ।

दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि नेपाल–भारत सीमानाकामा मानिसको आवत जावत बन्द गरेको स्मरण गराउँदै अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

कोरोना संक्रमण फैलिन नदिनका लागि भारतका विभिन्न राज्यहरुले लकडाउन गरिसकेको अवस्थामा उक्त निर्देशनको सम्मान तथा पूर्णरुपमा पालन गर्दै आफू तथा आफ्नो परिवार भारतमै सुरक्षित भइबस्न दूतावासले आग्रह गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •