भारतको दिल्लीमा ‘लाक डाउन’

61
  •  
  •  
  •  

काठमाडौं । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि आवतजावतमा कडा उपाय लागु गरिएको छ ।

नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
भारतको राजधानी दिल्लीमा सोमबार बिहान ६ बजेदेखि लकडाउन लागु भएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन् ।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म ’जनता कर्फ्यू’ लागु गरिएको थियो ।
आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गरिएको छ ।


  •  
  •  
  •