भारतमा विरोध प्रदर्शन, कम्तिमा सातजनाको मृत्यु

68
  •  
  •  
  •  

एजेन्सी । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकता कानूनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

गत वर्ष उक्त नयाँ कानुन पारित भएपछि विरोध प्रदर्शनहरू गर्ने क्रममा राजधानीमा घटेको सबैभन्दा हिंसात्मक उक्त घटनामा एकजना प्रहरी र चारजना गैरसैनिकहरूको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।

नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो । सो कानुनले भारतका बीस करोड मुसलमानहरूलाई निशाना बनाउने त्यसका आलोचकहरूले बताएका छन् ।

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षीसँग वार्ताको तयारी गर्दैगर्दा राजधानी दिल्लीका केही भाग तनावपूर्ण अवस्थामा छन् ।

गत वर्षदेखि विरोध प्रदर्शन आरम्भ भएयता प्रहरी अधिकारीले ज्यान गुमाएको यो पहिलो घटना हो । सोमबार हिंसा जारी रहँदा ढुङ्गामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो । टेलिभिजन दृश्यहरूमा भवनहरूबाट आगोको लप्का र धुँवाको मुश्लो निस्किरहेको देखिन्थ्यो ।
कम्तीमा ३५ जनालाई गम्भीर चोटपटक लागेपछि दिल्लीस्थित जिटिबि अस्पतालमा उपचार भैरहेको
बीबीसीले जनाएका छ ।


  •  
  •  
  •