काठमाडौं, ३० साउन (ओएनएस) : लैनचौरस्थित भारतीय दुतावासले एक कार्यक्रमकाबीच शुक्रबार ६८ औं स्वतन्त्रता दिवशको अवसरमा पारेर विभिन्न संघ संस्थाहरुलाई २० वटा एम्वुलेन्स र ४ वटा बस प्रदान गरेको छ । यसै कार्यक्रममा देशका विभिन्न भागमा रहेका ७५ वटा पुस्तकालय तथा शैक्षिक संथाहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप वितरण ग¥यो ।
भारतीय दुतावासले जारी गरेको विज्ञप्तीमा अनुसार सन् १९९४ देखि हालसम्म देशका ७३ जिल्लामा रहेका संघसंस्थाहरुलाई ४४२ वटा एम्वुलेन्स उपहार स्वरुप दिई सकेको छ भने २४ जिल्लाका विभिन्न कल्याणकारी संस्थाहरुलाई ८६ वटा बस हस्तान्तरण गरेको छ ।