आफ्नो नयाँ नक्सामा नेपाली भूभाग नपरेको भारतको दाबी

652
  •  
  •  
  •  

काठमाडौं । भारत सरकार हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली भूभाग नपरेको दाबी गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भारतको नयाँ नक्सामा नेपाली भु–भाग परेको नेपालको दाबीलाई अस्वीकार गरेका हुन् । उनले नयाँ नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको दाबी गरेका छन् ।

उनले नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्र रहेको भन्दै त्यसले समाधान गर्ने पनि स्पष्ट पारे । प्रवक्ता रविशकुमारले दुई देशबीचको सम्वन्ध विगार्ने षड्यन्त्रप्रति सचेत रहनुपर्ने पनि बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो नक्सामा भारतीय सार्वभौम भूभाग मात्रै दर्शाइएको छ । नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै संशोधन गरिएको छैन ।’

तर उनले नेपालसँग रहेको सीमा विवाद भने दुई पक्षीय संयन्त्रबाट समाधान गर्ने प्रयास भैरहेको बताए । ‘हामी हाम्रो निकट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनालाई कदर गर्दै वार्ताको माध्यमबाट सीमा विवाद समाधान हुनुपर्छ भन्ने प्रतिबद्धता दोहोर्याउन चाहन्छौँ । साथै दुई देशबीच मतभेद पैदा गर्न खोज्ने निहीत स्वार्थका विरुद्ध दुवै देश लड्नुपर्ने छ’, प्रवक्ता कुमारले भने । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले कसैको उक्साहटमा भारत–नेपालबीच पछिल्लो समय सीमा विवाद बढेकोतर्फ संकेत गरेका छन् ।

नेपाल सरकारले पनि बिहीबार कालापाली, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको भन्दै भारत एक्लैको निर्णय नमान्ने स्पष्ट पारेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत कालापाली, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको भन्दै भारतसँगको सीमा विवाद वार्तामार्फत समाधान हुनुपर्ने स्पष्ट पारेको थियो ।

‘एकपक्षीय ढंगबाट गरिने निर्णय सरकारलाई मान्य हुने छैन’


  •  
  •  
  •