मन्दिरको पर्खाल भत्किँदा ६ जनाको मृत्यु

97
  •  
  •  
  •  

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बंगालको एक मन्दिरको पर्खाल भत्किँदा ६ जनाको मृत्यु भएको छ अन्य घाइते भएका छन् ।

शुक्रबार पश्चिम बंगालको उत्तर २४ परगनामा एक मन्दिरको पर्खाला भत्किएको हो । परागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ ।

सो मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो ।

शुक्रबार कृष्णाष्टमी मनाइरहेको समयमा सो मन्दिरको पर्खाल भत्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छ् ।

पर्खालले थिचेर ६ जनाको मृत्यु भएको छ भने त्यसपछि भएको भागदौडमा परेर कयौँ श्रद्धालु घाइते बनेको जनाइएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सो घटनामा मृत्यु हुनेका परिवारलाई जनही ५ लाख, गम्भीर घाइतेलाई १ लाख र घाइते लाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेकी छन् ।


  •  
  •  
  •