भारतको राज्यसभाबाट तीन तलाक विधेयक पारित

207
  •  
  •  
  •  

एजेन्सी । भारतको राज्यसभाले तीन तलाक विधेयक पारित गरेको छ । यसअभि यो विधेयक लोकसभाले पारित गरेको थियो । दुवै सदनले पारित गरेपछि अब छिट्टै यो कानूनमा परिणत हुनेछ । राष्ट्रपतिले अनुमोदन गरेपछि यो विधेयकले कानूनको रुप पाउनेछ ।

यो कानूनले तीन तलाकलाई अस्वीकार गर्दै अपराध घोषित गर्नेछ । मुस्लिम महिला (विवाह अधिकार संरक्षण) विधेयक २०१९ को प्रावधान अनुसार एक पटकमै तीन तलाकमार्फत सम्बन्ध बिच्छेद गर्नु अपराध हो । यसका लागि तीन वर्षको जेल सजाय तथा जरिवानाको व्यवस्था गरिएको छ ।

सन् २०१७ मै सर्वोच्च अदालतले तीन तलाकको प्रक्रिया गैरसंवैधानिक रहेको बताएको थियो ।


  •  
  •  
  •