भारतमा आँधीको चेतावनी

तीन लाख मानिस स्थानान्तरित
250
  •  
  •  
  •  

एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधी आउनुअघि जोखिम हुने मौसमविदहरुले अनुमान गरेका छन् ।

अहिले सो क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको अधिकारीहरूले बताएका छन् ।

वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीबार बिहान आइपुगेपछी त्यसको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गरिएको छ ।

त्यो आँधी पोरबन्दर नजिकै आइपुगिसकेका मौसमविद्हरूले बताएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
पूर्वतयारीका लागि अधिकारीहरूले तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको बताइएको छ ।

रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको छ, भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको छ ।

यस्तै विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको छ । भारतको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जोखिममा पर्न सक्ने क्षेत्रमा विपद् व्यवस्थापन टोलीहरू खटाएको छ । विपद् व्यवस्थापन शिविरहरू पनि खोलिएका छन् ।

बीबीसीले जनाए अनुसार यो आँधी सन् १९९८ मा झन्डै दश हजार मानिसको ज्यान लिएको घातक आँधीपछि आएको नराम्रो आँधी हुन सक्ने भय व्यक्त गरिएको छ ।
गत मे महिनामा पूर्वी तटीय ओडिशामा आएको आँधी फणीमा परी कम्तीमा ८० जनाको ज्यान गएको थियो ।


  •  
  •  
  •