ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव शुरु

321
  •  
  •  
  •  

एजेन्सी : भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव शुरु भएको छ । बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुग्दैछ । जसका कारण त्यहाँ वर्षा शुरु भएको छ ।

तटीय क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।  उद्धारकर्मीहरुलाई उच्च सतर्कतामा राखिएको छ । आँधीको असरलाई मध्यनजर गर्दै हवाई उडान रद्द गरिएका छन् भने रेल चल्न रोक लगाइएको छ ।

यो आँधी ओडिसामा स्थानीय समयअनुसार बिहान ८ बजे आइपुग्ने र मध्याह्न १२ बजेसम्म जारी रहनसक्ने त्यहाँका मौसमविद्हरुले बताएका छन ।

यो बेला हावाको गति प्रतिघन्टा १७५ देखि १८५ किलोमिटर रहनसक्ने बताइएको छ ।

ओडिसाका झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।


  •  
  •  
  •