भारतका १२ राज्यमा आज दोस्रो चरणको चुनाव

293
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख(ओएएनएस) : भारतीय लोकसभा चुनाव अन्तरगत दोस्रो चरणको मतदान शुरु भएको छ ।
आज विभिन्न १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९६ सिटका लागि मतदान भैइरहेको छ ।

दोस्रो चरणमा आसाम, विहार, उत्तर प्रदेश र पश्चिम बंगाल लगायतका प्रदेशहरुमा निर्वाचन भएको हो ।
त्यस्तै छत्तीसगढ, जम्मु—काश्मिर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पण्डुचेरी, तमिलनाडु, त्रिपुरामा पनि मतदान भइरहेको छ ।

एक साताअघि पहिलो चरणमा ९१ सिटका लागि मतदान भएको थियो । भारतमा विभिन्न ७ चरणमा निर्वाचन हुँदैछ । मतगणना भने मे २३ तारिखबाट शुरु हुनेछ ।

यो चरणमा तमिलनाडुसहित १२ राज्य र एक केन्द्रशासित प्रदेशमा १६ करोड मानिस मतदानका लागि योग्य छन्।
संसद्को तल्लो सदन लोकसभाका लागि भएको यो निर्वाचन अन्तर्गत मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ ।सबैतिर मतदान सकिएपछि मतगणना २३ तारिखमा सुरु हुनेछ ।


  •  
  •  
  •