इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा

65
  •  
  •  
  •  

काठमाडौं । सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ ।

कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले विद्युत महशुलमा समेत सहुलियत दिने निर्णय गरेको छ ।


हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ ।

योमध्ये १५ प्रतिशत भन्सार छुट हुनेछ । भ्याट भने यथावत नै रहनेछ । ‘इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत् महसुल र भन्सार महसुल छुट दिने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारलाई एलपी ग्यासको आपूर्ति सहज बनाउन चुनौती भइरहेका बेला गरिएको उक्त निर्णयले उपभोक्तामा अब इण्डक्सन चुल्होप्रति आकर्षण बढ्ने ठानिएको छ ।


  •  
  •  
  •