रहेनन् बलिउड अभिनेता इन्दर कुमार

641
  •  
  •  
  •  

inder-kumar
एजेन्सी : बलिउड अभिनेता इन्दर कुमारको शुक्रवार बिहान देहान्त भएको छ । ४४ वर्षको उमेरमा शुक्रवार बिहान २ बजे हृदयघातका कारण अँधेरीस्थित आफ्नो निवासमा मृत्यु भएको हो ।

उनले सलमान खानसँग ‘वान्टेड’ र ‘तुमको न भूल पाएंगे’ लगायतका फिल्ममा सँगै काम गरेका थिए । उनी हाल ‘फटी पडी है यार’ फिल्मको शूटिङ गरिरहेका थिए ।

इन्दरले २० भन्दा बढी फिल्महरुमा काम गरिसकेका छन् । उनि सलमान खानका नजिकका साथि थिए । उनको दाहसंस्कार आजै बेलुका मुम्बईमा गरिनेछ । उनी सलमानको खास मित्रको रुपमा चिनिन्थे ।


  •  
  •  
  •