‘विद्युत व्यपारा सम्झौता प्रस्ताव पुनरावलोकन गर्न भारत तयार’

340
  •  
  •  
  •  

tt

काठमाडाै‌, ७ साउन (ओएनएस) :  नेपालका लागि भारतीय राजदुत रणजित रायले भारतद्वारा प्रस्तुत गरिएको विद्युत व्यापार सम्झौता प्रस्ताव अन्तिम मस्यौदा नभएको स्पष्ट पार्दै यसलाई दुबै देश बसेर विवादित विषय संसोधन गरेर टुङग्याउनु पर्नेमा जोड दिएका छन् । उनले नेपाल भारत सम्बन्ध युनिक रहेको प्रष्ट पार्दै यसलाई आपसी समन्वयमा अझै प्रगाढ बनाउनु पर्ने धाराणा राखे । उनले भने , ‘यो प्रस्ताव हामी पूनरावलोकन गर्न तयार छौं ।’

उनले विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व तयारी भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले नेपालमा हुने दुईदेशका विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन स्वराज नेपाल आउन लागेको जानकारी दिँदै यसले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । रायले भने, ‘यसले छलफल र सम्झौताका एजेण्डाहरू तय गर्ने छ । नेपाल भारतवीचको सम्बन्धले अब नयाँ उचाई प्राप्त गर्छ । दुई देशको विचमा रहँदै आएको ग्याप हट्छ ।’

उनले भारतीय प्रधानमन्त्री मोदीको प्राथमिकता छिमेकी मित्र राष्ट्रहरूको विशेषमा परेको उल्लेख गर्दै मोदी भुटान लगत्तै नेपाल आउन लागेको बताए । उनले भने, ‘सोही अनुरुप उहाँ (मोदी)ले हामीलाई गृहकार्यको तयारी पनि गर्न निर्देशन दिनुभएको छ ।’ राजदुत रायले समझदारीका साथ अघि बढे भ्रमण फलदायी भएर नेपाल र भारत दुबै देशले फाईदा लिन सक्ने तर्क गर्दै जलविद्युत निर्माणमा भारतले सम्झौता मात्र गर्छ निर्माण गर्दैन भन्ने नेपालीको धारणामा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले आफू नेपालको पूर्व मेचीदेखिपश्चिम महाकाली सम्मको यात्रा जाँदा स्थानीयबाट विद्युत सम्बन्धी गुनासो सुन्नु परेको स्मरण गर्दै भारत सरकार आगामी दिनमा सवै खाले जलविद्युत आयोजनाहरूमा नेपाल सरकारसंग सम्झौता गरि सहकार्य गर्न तयार रहेको बताए । उनले पञ्चेश्वर र पश्चिम महाकाली जस्ता परियोजनाहरू पनि शुरु हुने बताए ।

जलविद्युत नेपालको विकासको मेरुदण्ड भएको भन्दै उनले दुबै देशमा स्थिर सरकार भएको बेला यस विषयमा सहमति गर्न उपयूक्त हुने तर्क गरे । उनले भने, ‘अब राजनीतिक सहमति गरेर अघि बढ्नु पर्छ । आ–आफ्नो सार्वभौमतालाई ख्यालमा राखेर सम्झौता गर्नुपर्छ ।’


  •  
  •  
  •