श्रीलंका विरुद्ध भारतको ऐतिहासिक जित

393
  •  
  •  
  •  

birat kohali
काठमाडौं, २२ भदौ (एजेन्सी) : एकमात्र टी–ट्वान्टी खेलमा भारतले श्रीलंकालाई उसकै घरेलु मैदानमा सात विकेटले पराजित गर्दै नयाँ इतिहास रचेको छ ।

भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै पनि सिरिजको सबै म्याच ३–०, एकदिवसीय ५–०, टी–ट्वान्टी १–० जितेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो दोश्रो पटक भएको हो, योभन्दा अगाडी अस्ट्रेलियाले गत बर्ष डिसेम्बरमा पाकिस्तानलाई ३ टेस्ट र ५ एकदिवसीय म्याचको सिरिज क्लिन–स्विप गरेको थियो ।

प्रेमदासा मैदान कोलम्बोमा टस हारेर ब्याटिंगको लागि उत्रेको श्रीलंकाले दिल्सान मुनाविराको २९ बलमा ५ चौका र ४ छक्काको मदतले ५३ रन तथा अशान प्रियंजनको ४० रनको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १७० रन बनायो ।
भारतका लागि युजवेन्द्र चाहलले ४३ रन खर्चेर ३ विकेट तथा कुलदिप यादवले २० रन खर्चेर २ विकेट हात पारे ।

१७१ रनको लक्ष्य पछ्याएको भारतले १९।२ ओभरमा मात्र ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । कप्तान विराट कोहलीले ५४ बलको सामना गर्दै ७ चौका र १ छक्का मदतले ८२ रन बनाए भने मनिष पाण्डेले ४ चौका र १ छक्का सहित ३४ बलमा अविजित ५१ रन बनाए । श्रीलंकाका लासिथ मालिंगाले एक विकेट लिए ।

यससंगै कप्तान बिराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ३३३ इनिंगमा १५,००० रन पुरा गर्ने खेलाडी बनेका छन् । दोश्रो नम्बरमा हसिम अमला छन् जसले ३३६ इनिंगमा त्यो परिमाणमा रन पुरा गरेका थिए ।


  •  
  •  
  •