भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

326
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या १२ लाख ८८ हजार १ सय ८ पुगेको छ । ८ लाख १७ हजार २ सय ९ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •