भारतमा ५० लाख २० हजार बढी कोरोना संक्रमित

57
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख २० हजार ३५९ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८२ हजार ९१ पुगेको छ ।

३९ लाख ४२ हजार ३६० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ९५ हजार ९०८ जना रहेका छन् ।

कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित देशहरूको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । कोरोना संक्रमितको उपचारका लागि सघन उपचारका लागि अस्पतालमा शय्या र अक्सिजनको अभाव देखिएको बीबीसीले जनाएको छ ।


  •  
  •  
  •