भारतको पश्चिम बंगालका मन्त्रीमाथि बम आक्रमण

73
  •  
  •  
  •  


नयाँदिल्ली । भारतको पश्चिम बंगालमा एक मन्त्रीमाथि बम आक्रमण भएको छ । पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम आक्रमण भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते भएका छन् । पेटमुनि चोट लागेका उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय प्रहरीकाअनुसार आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । कलकत्ता जानका लागि रेलवे स्टेशनमा पुगेका हुसेनमाथि बम हमला भएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । यसअघि पश्चिम बंगालमा भाजपाका नेता बाबु मास्टरमाथि पनि आक्रमण भएको थियो ।


  •  
  •  
  •