नयाँदिल्ली । भारतमा चट्याङ लागेर एकै दिन १ सय ७ जनाको ज्यान गएको छ । बिहारमा ८३ तथा उत्तर प्रदेशमा बिहीबार २४ जनाको चट्याङका कारण निधन भएको हो ।
अझै पनि क्षतिको विवरण संकलन भइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बिहारको विपद प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अबको केही दिन चट्याङसहित वर्षाको सम्भावना रहेकाले सचेत हुन मौसम विभागले आग्रह गरेको छ । अबको तीन दिन बिहारका विभिन्न जिल्लामा भारी वर्षा हुने सम्भावना छ ।
यस्तै उत्तर प्रदेशमा पनि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ ।