भारतले नेपालबाट गएका हवाई यात्रुलाई कोरोना भाइरसको स्क्यान गर्ने

78
  •  
  •  
  •  

काठमाडौं । भारतले नेपालबाट गएका हवाई यात्रुलाई कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण भए/नभएको स्क्यान गर्ने भएको छ।

भारतको शनिबार बसेको क्याविनेट सचिवस्तरीय बैठकले काठमाडौंबाट उड्ने विमानका यात्रुलाई भारतीय विमानस्थलमा युनिभर्सल स्क्रिनिङ गर्ने निर्णय गरेको हो।

नेपालसँगै इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत पुगेका यात्रुको पनि विमानस्थलमा स्क्रिनिङ गर्ने भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ।

भारतले आफ्नो नागरिकलाई अनावश्यक रूपमा सिङ्गापुरको यात्रा नगर्न समेत सुझाव दिएको छ। भारतमा अहिलेसम्म २१ हजार आठ सय पाँच जनालाई सामुदायिक निगरानीमा राखिएको छ।

साथै तीन लाख ९७ हजार एक सय ५२ जना विमान यात्रु र नौ हजार छ सय ९५ समुन्द्री बन्दरगाहमा स्क्रिन जाँच गरिसकेको छ।


  •  
  •  
  •