सार्कमा भारत र पाकिस्तानबीच बार्ता हुँदैन : पाकिस्तानी अधिकारी

160
  •  
  •  
  •  

B3OZVAtCcAA-Kqyभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच काठमाडौंमा हुने १८ औं सार्क सम्मेलनको दौरान कुनै बार्ता नहुने पाकिस्तानका एक उच्च अधिकारीले मंगलबार बताएका छन् ।

सरिफका सुरक्षा तथा परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिजले मोदी र सरिफबीच कुनै औपचारिक बार्ता नहुने बताएको जिइओ टिभिलाई उधृत गर्दै टाइम्स् अफ इन्डियाले लेखेको छ ।

अजिजले भारतीय विदेशमन्त्री सुस्मा स्वराजले अनुरोध गरेको खण्डमा बार्ता हुन सक्ने पनि संकेत गरेका छन् ।

उनले दुई पक्षबीच बार्ता गर्ने वा नगर्ने भारतको हातमा रहेको पनि बताएका छन् ।

यसअघि सार्कको दौरान दुई देशबीचको अन्तरितक बिषयमा बार्ता गरिने बताइएको थियो ।


  •  
  •  
  •  

Comments are closed.