पाकिस्तानलाई भारतको ३०१ रनको चुनौती

165
  •  
  •  
  •  

३ फागुन (एजेन्सी)  : विश्वकप क्रिकेटअन्तर्गत बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ३ सय १ रनको लक्ष्य दिएको छ ।

अष्ट्रेलियाको एडिलेटमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय रन जोड्यो ।

भारतका लागि उपकप्तान विराट कोहलीले शतकीय पारी खेल्ने क्रममा १०७ रन जोडे । विराटले १२६ बलमा ८ चौका प्रहार गरे । यस्तै आक्रमक ब्याटिङ गरेका सुरेन रैनाले ५६ बलमा ७४ रन बनाए । रैनाले ५ चौका र ३ छक्का प्रहार गरे ।

त्यसअघि ओपनर शीखर धवनले ७३ रन जोडे भने रोहित शर्मा १५ रनमा पेभिलियन फर्के । अन्तिम ३ ओभरमा भारतले चार विकेट गुमायो । कप्तान महेन्द्रसिंह धोनी १८, रविन्द्र जडेजा ३, अजिन्का राहाणे शून्य रनमा आउट भए ।

बलिङतर्फ पाकिस्तानका सोहिल खानले ५ विकेट लिए भने वाहव रियाजले १ विकेट लिए ।

India v Pakistan - 2015 ICC Cricket World Cup


  •  
  •  
  •