भारत र पाकिस्तानबीच बिहिबार गोप्य वार्ता हुने

320
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर (ओएनएस) :  काठमाडौंमा सुरु दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं सार्क शिखर सम्मेलनको दौरान प्राय देशका राष्ट्र तथा सरकार प्रमुखले द्विपक्षीय वार्ता गरेका छन् । तर भारत र पाकिस्तानले भने भोलि बिहिबार गोप्य वार्ता गर्ने भएका छन् ।

उच्च स्रोतले दिएको जानकारी अनुसार भोलि बिहिबार धुलिखेलमा नेपाल सरकारले दिने रिट्रिटमा गोप्य वार्ता गर्ने तयारी भैरहेको छ । रिट्रिट धुलिखेलको द्धारिकाज रिसोर्टमामा आयोजना हुँदैछ । भारत र पाकिस्तानको गोप्य वार्ता धुलिखेलमा हुने भएपछि सरकारले त्यसै अनुरुपको सुरक्षा व्यवस्था गर्नको लागि काभ्रे प्रशासनलाई निर्देशन दिएको छ ।

यसअघि परस्पर बिरोधि यी दुई देशबीच बुधबार नै वार्ता हुने अनुमान गरिएको थियो । मंगलबार पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले बार्ता गर्ने भारतले चाहे हुने बताएका थिए । लगत्तै भारतले पनि पाकिस्तानले प्रक्रिया अघि बढाए आफुहरु पनि तयार भएको प्रतिक्रिया दिएको थियो ।

मंगलबार सार्क शिखर सम्मेनलको उदघाटन सात्र हुनुअघि सभागृहको अतिबिशिष्ट कक्षमा आराम गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानी प्रधानमन्त्री सरिफलाई हात मिलाएनन् । मोदीले टाढैबाट हात उठाएर सरिफलाई परैबाट हात उठाएर ‘के छ हालखबर ’ भनेका थिए ।

त्यसबखत दुबैले छोटो संवाद गरेको उच्च स्रोतले जनाएको छ । यसअघि सन् २००२ मा नेपालमा भएको सार्क सम्मेलनमा तत्कालिन भारतीय प्रधानमन्त्री अटलबिहारी बजपेय र तत्कालिन प्रधानमन्त्री परवेज मुसरफले मञ्चमा हात मिलाएर वार्ताको सुरुवात गरेका थिए ।


  •  
  •  
  •