अस्ट्रेलियाद्वारा भारतसामू ३२९ रनको लक्ष्य

167
  •  
  •  
  •  

सिड्नी, १२ चैत (एजेन्सी) :  विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले भारतसामू ३२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिड्नीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२८ रन बनायो ।

अस्ट्रेलियाको लागि स्टेभिन स्मीथले शतकीय पारी खेल्ने क्रममा १०५ रन बनाए । स्मीथले ९३ बलमा ११ चौका र २ छक्का प्रहार गरे । यस्तै ओपनर आरोन फिञ्चले ८१ रनको योगदान गरे । त्यसअघि डेभिड वार्नर १२ रनमै आउट भए ।

ग्लेन म्याक्सवेलले २३, सेन वाट्नसनले २८, कप्तान माइकल क्लार्कले १०, जेम्स् फल्कनरले २१ रन बनाए । आक्रमक पारी खेलेका माइकल जोनसनले ९ बलमा नटआउट २७ र ब्राड ह्याडिन ७ रनमा अविजित रहे ।

बलिङतर्फ उमेश यादवले ४ र मोहित शर्माले २ विकेट लिएभने रविचन्द्र आस्वीनले एक विकेट हात पारे ।


  •  
  •  
  •