बिराटनगर ८ वैशाख (ओएनएस) : मूल्य बढाएर घटाएको केही समय नवित्दै सरकार फेरी पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारीमा लागेको छ । सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले सरकारले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्न लागेको जानकारी दिएका छन् ।
सरकारका प्रबक्ता समेत रहेका मन्त्री रिजालले पेट्रोलियम पदार्थको तत्कालको अभाव समाधान गर्नका लागि मुल्यबृद्धि नै एक मात्र विकल्प भएको बताए । संसदीय समितिको रिपोर्ट आउने वित्तिकै मूल्य बढ्ने उनले बताए ।
विरानटगरमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री रिजालले सरकारसँग मुल्यबृद्धि गर्नुको अरु कुनै विकल्प नभएको बताए । नेपाली कांग्रेसको आयोजनामा हुन गइरहेको प्रशिक्षण कार्यक्रममा सहभागि हुन मन्त्री रिजाल बिराटनगर पुगेका छन् ।