एक्कासी बढ्यो सुनको मूल्य

128
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक (ओएनएस) :केही दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्य आइतवार एक्कासी बढेको छ । आइतवार सुनको मूल्य प्रतितोला १ हजार ५ सयले बढेर ५० हजार ५ सय पुगेको छ । शुक्रवार सुनको मूल्य घटेर ४९ हजार प्रतितोला पुगेको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुनको भाउमा सुधार आएपछि नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो ।

अपेक्षाकृत न्यून अमेरिकी रोजगारी तथ्यांकले डलर कमजोर भएपछि  २ दशमलव ६ प्रतिशतभन्दा बढीले बढेको हो । अन्तराष्ट्रि बजारमा शुक्रवार सुनको भाउ साढे ४ वर्षकै न्यून विन्दुमा पुगेको थियो । यो वृद्धि करीब ५ महीनायताकै तीव्र एक दिने वृद्धि हो ।


  •  
  •  
  •