कति बढ्यो सुनको मूल्य

247
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) : सुनकाे मुल्य अाज बढेकाे छ। सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको हाे ।

मंगलबार तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको हो ।

सुन बुधबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तराष्ट्रिय बजारमा महंगो भएकाले  नेपालमा पनि मूल्य बढेको महासंघले जनाएको छ ।


  •  
  •  
  •