काठमाडौं,६ कार्तिक (ओएनएस) : पश्चिमका जिल्लामा वर्ल्डलिंककाे इन्टरनेट सेवा अवरुद्धपश्चिमका जिल्लामा वर्ल्डलिंक कम्युनिकेशनद्वारा सञ्चालित इन्टरनेट सेवा अवरुद्ध भएकाे छ। वर्ल्डलिंक इन्टरनेट सेवाको सल्यान कपुरकोटस्थित रहेकाे टावरमा तोडफोड भएपछि इन्टरनेट सेवा अवरुद्ध भएकाे हाे।
गएराति वर्ल्डलिंकको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारीमा रहेको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरि गरेको वल्र्ड लिंकका सल्यान प्रतिनिधी शनत कुमार शर्माले जानकारी दिएका छन् ।
तोडफोड र चोरीका कारण अहिले सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोट लगायतका जील्लामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।