हिमाल चढ्न पण्डितलाई आइएमएसको सहयोग

298
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक (ओएनएस) : इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आइएमएसले) अष्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल कोस्कियास्को चढ्न लागेका सञ्जय पण्डितलाई कम्पनीको लोगो सहितको झण्डा हस्तान्तरण गरेको छ ।

बिहीवार आइएमएसका प्रमुख दीपक मलहोत्रा र अध्यक्ष दिकेश मलहोत्राले कार्यालयमा पण्डितलाई झण्डा सहित आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत पण्डितलाई आर्थिक सहयोग उपलब्ध गराएको बताएको छ ।
पण्डित आगामी कात्तिक २८ गते उक्त हिमाल आरोहणको लागि अष्ट्रेलिया उड्दैछन् । अष्ट्रेलियाको सबैभन्दा अग्लो ठाउँमा नेपाली झण्डासँगै आइएमएसको झण्डा फहराउनु आफ्ना लागि गठर्वको कुरा भएको अध्यक्ष मलहोत्राले बताए ।
आइएमएसले पण्डितलाई सहयोगस्वरुप दुईतर्फी हवाइ टिकट उपलब्ध गराएको छ । आइएमएसले एक लाख २६ हजार रुपैयाँ सहयोग गरेको हो । पण्डितले २२ सय ३० मिटर अग्लो उक्त हिमाल उल्टो हिँडेर चढ्ने बताएका छन् ।

उल्टो हिडेर हिमाल चढी वल्र्ड रेकर्ड राख्न लागेको बताए ।


  •  
  •  
  •