पुर्व क्रिकेटर ईमरान खान चढेको गाडीमा गोली प्रहार

537
  •  
  •  
  •  

काठमाडौ, ३० साउन(एजेन्सी) : सरकार विरोधी आन्दोलनको नेतृत्व गरिरहेका पाकिस्तानका पुर्व क्रिकेटर एवं प्रतिपक्ष दलका नेता ईमरान खान चढेको गाडीमा शुक्रवार गोली प्रहार भएको छ।

Imranगाडीमा गोली लागे पनि ईमरान सकुशल रहेको अन्तराष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नवाज सरिफ सरकारको बिरोधमा ईमरान खान र धार्मिक नेता ताहिर अल कादरीले स्वतन्त्रता दिवसको अबसरमा बिरोध प्रदर्शन गरेका थिए ।

सरिफ सरकार बिरुद्ध ईमरानको पार्टी तहरिक इन्साफले पाकिस्तानको लाहोरबाट इस्लामाबाद सम्मको बिरोध यात्रा गरेका छन् ।

अदालतको फैसला तथा सन् २०१३ मा भएको आमनिर्वाचनको विरुद्धमा बिरोध प्रदर्शन गर्न लागेको भन्दै सरकारले सुरक्षा व्यवस्था कडा गरेको थियो ।

सरकार बिरोधी प्रदर्शनका क्रममा ईमरानका समर्थक र नवाज सरिफका समर्थकबीच झड्प समेत भएको थियो ।


  •  
  •  
  •