पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

204
  •  
  •  
  •  

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको एक भिडियोमा देखिएको छ । खानलाई एक अपराधीलाई जसरी लछारपछार गरेर पक्राउ गरेको खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले जनाएको छ ।

खानलाई कुन मुद्दामा हिरासतमा लिइएको हो भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

गएको अप्रिलमा सत्ताबाट निकालिएका खानमाथि केही महिनाअघि भएको एउटा ¥यालीमा गोली प्रहार भएको थियो ।


  •  
  •  
  •