‘सूचना प्रविधिको प्रयोगपछि कर प्रशासनमा सुधार’

67
  •  
  •  
  •  

 

काठमाडौं, ३ कात्तिक (ओएनएस) : अर्थमन्त्री डा. रामशरण महतले सूचना प्रविधिको प्रयोगले कर प्रशासनमा सुधार भएको बताएका छन् ।  आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्टीको अवसरमा उनले सूचनाप्रविधि प्रयोग गर्न थालेपछी पहिलाको जस्तो झन्झट नभएको बताएका हुन् ।

साथै उनले नयाँ प्रविधिलाई कति बढाउन सकिन्छ त्यसतर्फ ध्यान दिन निर्देशन दिए । कार्यक्रममा उनले नेपालको कर प्रणाली पनि अन्तर्राष्टिय प्रणाली अनुसार हुनुपर्ने बताए । साथै कर प्रशासनमा नक्कली भ्याट बिलिङ, धेरै लिकेजहरु रहेको तथा ठूलो मात्रामा रहेको मिसम्याचको समस्यालाई समाधान गर्न आग्रह गरे । गलत विवरण पेश गरेर राजस्व छल्नेलाई कारवाही गर्न निर्देशन दिए । २० लाखभन्दा तलको कारोवार गर्नेको नै धेरै मिसम्याचको समस्या आएको र मन्त्रालय कर प्रणाली सुधार गर्ने पक्षमा अर्थमन्त्रालय रहेको जानकारी दिए ।

Rastriya ganअर्थसचिव सुमन शर्माले आफ्नो कामप्रति सम्मान गर्न आग्रह गरे । राज्यले तोकेको १ सय ६८ अर्बको लक्ष्य विभागले प्राप्ति गर्नुपर्ने तथा बजेटमा थुप्रै स्किमहरु घोषणा गरिएकोले त्यसलाई कार्यान्वयन गर्ने तर्फ कर प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा महानिर्देशक चुडामणि शर्माले आगामी दिनमा गरिने कार्यक्रमको वारेमा, अडिट र इन्भेष्टिगेशनका सन्दर्भमा कार्ययोजना, कार्यक्रमको लक्ष्यका वारेमा छलफल हुने बताउनुभयो ।
हाल देशभर १२ लाख करदाता रहेको उनले जानकारी दिए । गत वर्ष १ सय ३८ अर्व राजस्व सकलन भएको तथा १० वटा मुलुकसंग दोहोरो करमुक्ति सम्झौता भएका बताइएको छ । सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै जाने र आन्तरिक क्षमतालाई बढाउद लक्ष्य लिएको जानकारी दिए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले उद्योगलाई राजधानीमा मात्रै सीमित नगर्न आग्रह गरे । उद्योगलाइ देशभर विस्तार गर्ने वातावरण बनाउन गर्दै १२ लाख करदाताको संख्यालाई वृद्धि गर्न आवश्यक रहेको बताए ।


  •  
  •  
  •