दुई महिनामा ३ खर्ब बढीको आयात

67
  •  
  •  
  •  


काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो महिनामा नै आयातको झण्डै दोब्बर नै चुलिएको छ ।

भन्सार विभागका अनुसार भदौ महिनामा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँको आयात भएको छ । गत भदौ महिनाको तुलनामा आयात ७५.८६ प्रतिशतले बढेको छ । गत भदौमा १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको आयात भएको थियो ।

यस्तै निर्यात पनि ११५.४३ प्रतिशतले बढेको छ । गत भदौमा २० अर्ब ४४ करोड ३० लाख ६२ हजार रुपैयाँको निर्यात भएकोमा यो भदौमा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको निर्यात भएको छ ।

विभागका अनुसार भदौ महिनामा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँको व्यापार घाटा भएको छ । गत आवको सोही अवधिको तुलनामा ७०.५७ प्रतिशतले बढी हो । गत भदौमा ब्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

भदौ महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । जुन गत भदौको तुलनामा ७९.९२ प्रतिशतले बढी हो । गत भदौमा वैदेशिक व्यापार १ खर्ब ९९ अर्ब २८ करोड ९३ लाख ३० हजार रुपैयाँ रहेको थियो । यो भदौमा आयात–निर्यातको अनुपात १८.३७ प्रतिशतले घटेको छ ।


  •  
  •  
  •