संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले गर्छ : पौडेल

370
  •  
  •  
  •  

ramchandra-paudelकाठमाडौँ, २० फागुन(ओएनएस) : नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने बताएका छन् ।

पार्टीको १३ औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै पौडेलले संविधान ल्याउन नेतृत्व गरेको कांग्रेसले कार्यान्वयनको पनि नेतृत्व गर्ने बताएका हुन् । उनले संविधानले देशको हरेक वर्ग र तप्कालाई सम्बोधन गरेको भन्दै संविधानले लोकतान्त्रिक समाजवादलाई चरितार्थ गरेको बताएका छन् ।

असन्तुष्ट मधेसी मोर्चालाई सम्बोधन गर्न संविधानमा बाँकी विषयमा पनि संशोधन गरेर अगाडि बढ्न सकिने बताउँदै उनले देशलाई सधैं राजनीतिक अलमलमै राख्न नहुने भनाई राखेका छन् ।

उनले राजनीतिक गर्नेहरूको आलोचना हुने गरेको भन्दै यस्तो देख्दा कहिलेकाँही आत्महत्या गर्न मन लागेको बताएका छन् । उनले राजनीतिप्रति विश्वास जगाउनु र सम्मानित गराउनु नै आफ्नो उदेश्य भएको बताएका छन् ।

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले देशका अगाडि देखिएका सम्पूर्ण चुनौतिको सामना कांग्रेसले गर्ने बताए । उनले सिमांकन विवाद, समावेशी समानुपति प्रतिनिधित्वका सवाल, संविधान कार्यान्वयन देखि भारतसँगको चिसोपन हटाउन कांग्रेसले नेतृत्व लिने दावी गरे ।


  •  
  •  
  •