भिसा प्रोसेसिङको जिम्मा निजी कम्पनीलाई नदिन निर्देशन

212
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिसा प्रोसेसिङको जिम्मा निजी कम्पनीलाई नदिन निर्देशन दिएको छ ।

सभापति प्रभु साहको अध्यक्षतामा बसेको बैठकले पत्रपत्रिकामा प्रकाशित भिसा प्रोसेसिङको सम्पूर्ण जिम्मा निजी कम्पनीलाई दिने भन्ने सम्बन्धमा छलफल गरेको थियो । छलफलमा भाग लिएका सांसदहरुले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र व्यवस्थापन निजी क्षेत्रलाई दिदा देशको सुरक्षामा असर पर्ने धारणा राखेका थिए ।

उनीहरुले विमानस्थल जस्तो संवेदनशील क्षेत्रको जिम्मा निजी क्षेत्रलाई दिनु खोज्न लज्जाजनक भएको समेत बताए । सांसदको धारणापछि भिसा प्रोसेसिङको जिम्मा निजी कम्पनीलाई दिन चालिएको प्रक्रिया निर्देशन दिएको हो ।

बैठकमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र गृहमन्त्री बामदेव गौतमलाई बोलाएपनि मुख्य सचिव श्री लीलामणि पौड्याल, गृहसचिव श्री सूर्यप्रसाद सिलवाल, अध्यागमन विभागका प्रमुख श्री केदार न्यौपाने लगायतको उपस्थिति थियो । उनीहरुले विमानस्थनको व्यस्थपना चुस्त पार्न निजी कम्पनीलाई दिन लागिएको बताएका थिए ।

भिसा प्रोसेसिङको जिम्मा अर्थमन्त्रालयको सहमतिमा गृहमन्त्रालयले १५ वर्षका लागि निजी क्षेत्रलाई दिन प्रस्ताव गरेपछि समितिले छलफल गरेको हो ।


  •  
  •  
  •