आईएमइको पुरस्कार लिम्बुलाई

540
  •  
  •  
  •  

काठमाडौं, २५ असार (ओएनएस)। आईएमईको “मैले बनाएको नम्वर वान फेसबुक प्रतियोगिता” मा काठमाडौकी खुशु लिम्बुले सामसुङ ‘ग्राण्ड टू मोवाइल प्राप्त गरेकी छिन् ।

उनले ३ सय भन्दा बढी प्रतिस्पर्धिलाई पछि पार्दै पुरस्कार प्राप्त गरेकी हुन् ।
आईएमईका बजार तथा व्यापार प्रबद्र्घन प्रमुख डेनियल डि. श्रेष्ठले विजेता लिम्बुलाई पुरस्कार हस्तान्तरण गरे ।

पुरस्कार योजना अन्तर्गत जेठ ११ गतेदेखि १६ असारसम्म सञ्चालित प्रतियोगितामा आईएमईको फेसबुक पेजमा भनिएको अनुसारको फोटो अपलोड गर्नुपर्छ । त्यसमध्ये सर्वाधिक लाईक प्राप्त गर्ने फोटो लाई विजयी घोषणा गरिएको कम्पनिले जानकारी दिएको छ ।


  •  
  •  
  •