थारु बने ‘विदेशमा परिवार भेट’ योजनाको विजेता

80
  •  
  •  
  •  

काठमाडौं, २ कात्तिक(ओएनएस) : आईएमईको ‘विदेशमा परिवार भेट’ योजनाको बम्पर लक्की ड्र रुपन्देहीका अमरिका थारुले जितेका छन् । आइतवार राजधानिका आयोजित एक कार्यक्रमविच लक्की ड्र मार्फत विजेता घोषणा गरिएको हो ।

सो योजना अन्तर्गत थारुका परिवारका ४ सदस्यले लेसिया घुम्न जाने अवसर प्राप्त गरेका छन् । उनीहरुले मलेशियामा ५ दिनको भ्रमण गर्न पाउनेछन् । विजेताले पठाएको रकम चन्द«कला थारुले रुद«पुरमा रहेको साईन रेसुङ्गा डेभलपमेन्ट बैकको शाखाबाट भुक्तानी लिएकी थिइन् ।

यो योजना गत भदौ १६ गतेदेखि असोज १९ गतेसम्म सञ्चालन गरिएको थियो ।
सो अवधिभित्र आईएमई गर्ने सेवाग्राहि लाई बम्पर लक्की ड्र मा समावेश गरिएको थियो ।

योजनाको अवधीभरमा अन्तराष्ट्रिय तर्फ भुक्तानी पाउने देशका ३३ जना भाग्यशाली सेवाग्राहीले दैनिक उपहार विधाको लगेजब्याग प्राप्त गरेका थिए ।

त्यस्तै ५ जना भाग्यशाली सेवाग्राहिले साप्ताहिक उपहार विधाको डिजीटल क्यामरा साथै विदेशबाट आईएमई गर्नेहरुको विधामा पनि त्यतिनै संख्यामा ३३ जनाले स्मार्टफोन र ५ जनाले आईप्याड पुरस्कार स्वरुप हात पारिसकेका कम्पनीका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।


  •  
  •  
  •