दशैँ तिहारको लागि ‘आईएमई छक्का पञ्जा’ अफर

204
  •  
  •  
  •  

IME
काठमाडौं, १३ भदौ (ओएनएस) : दशैं, तिहार र छठलाई लक्षित गरि आईएमईले ‘आईएमई छक्का–पञ्जा’ अफर ल्याएको छ ।

आईएमईले भाद्र १२ गतेदेखि मंसिर ३ गतेसम्म १२ हप्ताका लागि यो अफर ल्याएको हो । योजना अन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक पन्ध्ररपन्ध्र दिनमा १÷१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छ÷छ हप्तामा १÷१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय÷आन्तरिक कारोबारको हकमा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार प्रदान गरिने आईएमइले जनाएको छ ।

यस योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । यद्यपी, आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नसक्ने आईएमइले स्पष्ट पारेको छ ।

 


  •  
  •  
  •